Comments Add Comment

ओलम्पिक छनोट : पहिलो हाफसम्म नेपाल र म्यानमार १–१ को बराबरीमा

२० चैत, काठमाडौं । ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणको पहिलो नेपाल र म्यानमारले पहिलो हाफसम्म १–१ गोलको बराबरी खेलेका छन् ।

मन्दलर थिरी रंगशालामा जारी खेलमा नेपालले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै खेल बराबरीमा ल्याएको हो ।
खेलको २३ औं मिनेटमा नै उ विन थु माईले गोल गर्दै म्यानमारलाई अग्रता दिलाएकी थिइन् ।

जापानमा २०२० मा हुने ओलम्पिक खेलकुदको महिला फुटबलको एसिया क्षेत्र छनोटको दोस्रो चरणअन्तर्गत समूह ‘ए’ मा नेपालसँगै आयोजक म्यानमार, इन्डोनेसिया र भारत रहेका छन् ।

दोस्रो खेलमा नेपालले भारतसँग ६ अप्रिल प्रतिस्पर्धा गर्दैछ । छनोटको अन्तिम खेलमा नयाँ प्रतिद्वन्द्वी इन्डोनेसियासँग नेपालले ९ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment