Comments Add Comment

करेन्ट लागेर दुई बालबालिकाको मृत्यु

२० चैत, कैलाली । करेन्ट लागेर २ जनाको मुत्यु भएको छ । धनगढी उपमहानगरपालिका ३ मा मिलमचोकस्थित परशुराम बानियाFको घरमा करेन्ट लागेर बानियाको छोरा ५ वर्षीय आयुश बानिया र भाडामा बस्ने छक्क चौधरीकी छोरी ५ वर्षीया अनामिकाको मुत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागे लगतै दुवैलाई उपचारका लागि अस्पताल लगिएको थियो । उपचारको क्रममा बानियाँको माया मेट्रो अस्पताल र चौधरीको सेती अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्ष बहादुर बस्नेतले जानकारी दिए ।

प्रहरीका अनुसार नुहाउने क्रममा पानी तान्ने मोटरको तारबाट लागेको करेन्ट प्रवाह भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment