Comments Add Comment

डिफेन्डिङ च्याम्पियन चेन्नाईको पहिलो हार

Photo Credit : आईपीएल

२१ चैत, काठमाडौं । डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो हार ब्यहोरेको छ ।

बुधबार राति सम्पन्न खेलमा चेन्नाई घरेलु टोली मुम्बई इन्डियन्ससँग ३७ रनले पराजित भएको हो । १७१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३३ रन मात्रै बनाउन सक्यो ।

चेन्नाईका लागि केदार जाधवले ५८ रन बनाएपनि अन्य खेलाडी सस्तैमा समेटिएपछि पराजित भएको हो । बलिङतर्फ लासिथ मालिंगा र हार्दिक पाण्ड्याले समान ३-३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७० रन बनाएको थियो । मुम्बईका लागि सुर्यकुमार यादवले ५९ रन बनाउँदा क्रुनाल पाण्ड्याले ४२ रन बनाए ।

मुम्बईको पारी हार्दिक पाण्ड्या र कैरोन पोलार्डले सम्हालेका थिए । पाण्ड्याले ८ बलमा अविजित २५ रन बनाउँदा पोलार्ड ७ बलमा १७ रन बनाएर नटआउट रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment