Comments Add Comment

सगरमाथाको सिमानामा सडक

२१ चैत, सोलुखुम्बु । संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा जोड्ने सडक उद्घाटन भएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रतिनिधिसभा सदस्य हेमकुमार राई र खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङमि दोर्जी शेर्पाले संयुक्त रुपमा सडक उद्घाटन गरे ।

सगरमाथा अवस्थित खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा विमानस्थल रहेका छन् । तर, सडक सञ्जालबाट टाढा रहेको साथै मौसम प्रतिकुलताको अवस्थामा उडान नहुँदा पर्यटकलाई समस्यामा पर्ने गरेको थियो ।

गाउँपालिकामा सडक सुविधा पुगेपछि स्थानी हर्षित भएका गाउँपालिका प्रमुख शेर्पाले बताए । ‘सामान्य आयस्रोत भएका सर्वसाधारणको जीवनस्तरमा परिवर्तन ल्याउन सक्छ, यसको अलावा निम्न आयस्रोत भएका सर्वसाधारणहरुको लागि विभिन्न कार्यक्रममार्फत जीवनस्तर बढाउने काम पनि गरिन्छ,’ गाउँपालिका प्रमुख ङमि दोर्जी शेर्पाले भने ।

स्थानीय सरकारले स्वास्थ्य, शिक्षा, सञ्चार क्षेत्र र सडक सञ्जाललाई प्राथमिकतामा राखेर विकास निर्माणलाई तीव्रता दिइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment