Comments Add Comment

मद्रासमा टिकटकलाई रोक लगाउने आदेश

लोकप्रिय भिडियो एप टिक टकलाई भारतको एउटा राज्यमा रोक लगाइएको छ । मद्रास हाइ कोर्टले यो चिनीया एपले अश्लिलता बढाएको भन्दै रोक लगाउने आदेश दिएको हो ।

साथै अदालतले सञ्चारमाध्यमहरुलाई पनि यो एपमार्फत बनाइएका भिडियोहरु प्रशारण नगर्न भनेको छ । टिकटक एपमा प्रयोगकर्ताले केही सेकेन्डको भिडियोमा अभिनय÷नृत्य प्रस्तुत गरेर अपलोड गर्ने गर्छन् । भारतमा यो एपका ५ करोड ४० लाख एक्टिभ यूजर्स छन् ।

मद्रास हाइकोर्टको बेन्चले एपविरुद्ध दायर गरिएको रिट निवेदनमाथि बुधबार सुनवाई गरेको थियो । अदालतले भनेको छ कि टिकटकको प्रयोग गर्ने दर्शकहरु बच्चाहरु पनि भएको र उनीहरु यौनशोषणको खतरामा रहने दावी गरेको छ । एप विरुद्ध मदुरईका वरिष्ठ वकिल तथा सामाजिक कार्यकर्ता मुथु कुमारले रिट हालेका थिए । अश्लिल साहित्य सांस्कृतिक गिरावट, बाल शोषण, आत्महत्याहरुको हवाला दिँदै एपमाथि प्रतिवन्ध लगाउने निवेदकले माग गरेका थिए ।

नेपालमा पनि टिकटक निकै लोकप्रिय छ । टिकटकमार्फत थुप्रै सेलिब्रिटीहरु पनि जन्मिरहेका छन् । खासगरी यसमा युवतीहरु बढि सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment