+
+
Shares

काठमाडाैंको ल्याण्डफिल साइट सिसडोलमा स्थानीयको अवरोध हट्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २२ गते १५:०९
Photo Credit : फाइल फाेटाे

२३ चैत, काठमाडौं  । काठमाडौं उपत्यकाको फोहोर विसर्जनस्थल सिसडोलमा स्थानीयले गरेको अवरोध हटेको छ ।  फोहोर लिएर गएको मिनी ट्रकको ठक्करबाट मृत्यु भएका बालकका परिवारलाई २२ लाख क्षतिपूर्ति दिने सहमति पछि अवरोध हटेको हो ।

ललितपुरबाट गएको बा ४ ख ९६४७ नम्बरको मिनी ट्रकले ओखरपौवाका १३ वर्षीय संजोग नेपालीलाई ठक्कर दिएकोमा उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भएको थियो ।

घटनामा घाइते भएका उनका भाई १२ वर्षीय राजन नेपालीको काठमाडौंस्थित ग्राण्डि अस्पतालमा उपचार भइरहेको छ ।
सिसडोलमा भएको वार्तामा काठमाडौं र ललितपुर महानगरपालिकासहित फोहोर उठाउने निजी कम्पनी मृतकका परिवारलाई क्षतिपूर्ति दिन सहमत भएका हुन् ।

सहमति अनुसार अबको ३५ दिनभित्र दुई महानगरपालिकालले १५ लाख गाडीधनी कम्पनीले किरियाखर्च र घाईते बालकको उपचारका लागि ७ लाख रुपैयाँ उपलब्ध गराउनेछ । साथै घाईते बालकलाई कक्षा १२ सम्म पढाउनुपर्ने सहमति पनि छ ।

काठमाडौं उपत्यकाबाट दैनिक ८ सय टन फोहोर नुवाकोटको ककनी गाउँपालिका २ स्थित सिसडोलमा विर्सजन हुँदै आएको छ । सिसडोलको विकल्पकोरुपमा नुवाकोट र धादिङको सीमाना बञ्चरेडाँडामा ल्याण्डफिल साइट बनाउने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?