+
+
Shares

भिक्षु अश्वघोषको ९३ वर्षको उमेरमा निधन

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २२ गते १६:२५

२२ चैत, काठमाडौं । भिक्षु अश्वघोष महास्थविरको ९३ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका उनको दिउँसो साढे १ बजे निधन भएको हो । विगत तीन सातायता उनको स्वास्थ्य गम्भीर बनेको थियो ।

रक्तचाप कम, मृर्गौला र मुटुमा समस्या र कलेजोमा पानी जम्ने समस्या देखिएको र उपचारकै क्रममा निधन भएको चिकित्सक अमित गौलीले जानकारी दिए ।

झाडापखालाका कारण डेढ महिनाअघि ग्रान्डी सिटी अस्पताल भर्ना भएका उनी तीन हप्ताअघि ग्राण्डी लगिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै सरकारको तर्फबाट उपचार खर्चको व्यवस्था गर्ने बताएका थिए ।

भिक्षु अश्वघोषलाई प्रगतिशील र सक्रिय भिक्षुको रुपमा चिनिन्छ । चिनिया कम्युनिष्ट नेता माओत्सेतुङसंगको भेटबाट प्रभावित भएका भिक्षु २०४७ सालदेखि २०४९ सालसम्म राष्ट्रियसभाका सदस्य थिए ।

२०५१ सालमा भिक्षु अश्वघोष लुम्बिनी विकास कोषका उपाध्यक्ष भई काम गरेका थिए । भिक्षुका करिब डेढ सय पुस्तक प्रकाशित भइसकेको छ । भिक्षु संघको तालिमको अवधारणा भित्र्याउने श्रेय पनि यीनैलाई जान्छ ।

उनको अन्तिम श्रद्धाञ्जलीको लागि उनी आफैले संघाराम भिक्षु तालिम केन्द्रमा लगिने अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौण्डन्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?