Comments Add Comment

प्रदेश १ मा संसदीय समिति सभापति चुनिए

दुई संसदीय समितिको नेतृत्व महिलालाई

२२ चैत, विराटनगर । प्रदेश १ का सातवटै संसदीय समितिका सभापति सर्वसम्मत चयन भएका छन् ।

सातवटै समिति सभापतिमा एक एक जनाकोमात्रै उम्मेदवारी परेकाले सर्वसम्मच चयन भएका प्रमुख निर्वाचन अधिकृत अम्बिका चौलागाईंले जानकारी दिए ।

न्याय, प्रशासन तथा विधायन समिति सभापतिमा धनकुटाका सांसद इन्द्रमणि पराजुली, प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समिति सभापतिमा सुनसरीका सर्वध्वज साँवा, सुशासन तथा योजना समिति सभापतिमा झापाका अर्जुन राई चयन भएका छन् ।

सामाजिक विकास समिति सभापतिमा संखुवासभाकी सरिता थापा, अर्थ समिति सभापतिमा ओखलढुंगाका मोहनकुमार खड्का र उद्योग, पर्यटन तथा वातावरण समिति सभापतिमा पाँचथरकी सीता थेवे चयन भएका छन् ।

त्यसैगरी सार्वजनिक लेखा समिति सभापति कांग्रेस सांसद मोरङका शिवनारायण गनगाई भएका छन् ।

सात बिषयगत समितिमध्ये दुई वटा समितिको नेतृत्व महिलाले पाएका छन् । सातमध्ये सार्वजनिक लेखा समितिबाहेक सबै समिति सभापति नेकपा सांसद हुन् ।

सभापति चयनसँगै सबै संसदीय समितिले पूर्णता पाएका छन् । समिति सदस्यहरु यसअघि नै चयन भइसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment