Comments Add Comment

केएनपी महिला भलिबललाई मुक्तिनाथ बैंकको साथ

२४ चैत, काठमाडौं । केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई मुत्तिनाथ विकास बैकले प्रायोजन गरेको छ ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गर्ने राष्ट्रिय भलिबल प्रतियोगितालाई मुक्तिनाथ बैंकले प्रायोजन गरेको हो । आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्घयुमन पोखरेल र प्रतिष्ठानकी संरक्षक गमली खड्काले सम्झौतापत्र हस्ताक्षर गरेका हुन् ।

बैंकले प्रथम पुरस्कार राशी नगद २ लाख प्रायोजन गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले नेपालको राष्ट्रिय खेल भलिबलसँग जोडिदा संस्था गौरवान्वित भएको बताए ।

लिग कम नकाउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा साविक विजेता एपीएफ, उपविजेता न्यु डायमण्ड, पुलिस, पश्चिमाञ्चल, आर्मी र जाउलाखेल भलिबल प्रशिक्षण गरी ६ टिम रहेका छन् ।

जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बैशाख १४ देखि १७ गतेसम्म सञ्चालन हुन प्रतियोगिताका विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार नगद प्राप्त गर्ने छन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरवहादुर खड्का स्पेशल अवार्ड विजेताले जनही १५/१५ हजार प्राप्त गर्ने छन् । विधागततर्फ वेष्ट स्पाइकर, वेष्ट सेटर, बेष्ट ब्लक, बेष्ट डिफेन्स, बेष्ट क्विकर, बेष्ट सर्भर र बेष्ट प्रशिक्षकले जनही ७ हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment