Comments Add Comment

नेकपा नेतालाई चीनले सिकायो जनताको मन जित्ने तरिका

२५ चैत, काठमाडौं । आजका पत्रिकाहरुले सरकारी डाक्टरहरुको आन्दोलनको समाचारलाई प्राथमिकता दिएका छन् । डाक्टरको आन्दोलनले बिरामीको बिचल्ली भएको, डाक्टरहरुको आन्दोलनले एक लाख बिरटामी उपचार सेवाबाट बञ्चित भएको, अत्यावश्यक उपचार सेवा ठप्प पार्दा पनि सरकार चुप बसेको लगायतका विषय उठाउँदै पत्रिकाहरुले यो समाचार छापेका छन् ।

अन्नपूर्ण पोष्टले डाक्टरले अपरेसन गरिदेलान् कि भन्ने आशामा ट्रमा सेन्टरमा भर्ना भएकी ४५ वर्षीया धनदेवी बलायरको फोटो छापेको छ । रुखबाट लडेकी उनको ढाड भाँचिएको छ ।

कान्तिपुरका अनुसार संसारभर स्वास्थ्य दिवस मनाइरहँदा नेपालमा भने सरकारी चिकित्सकको आन्दोलनका कारण १ लाखभन्दा बढी बिरामी उपचारबाट वञ्चित भएका छन् ।

नागरिक दैनिकले भने चिकित्सकको आन्दोलनको समाचार पहिलो पृष्ठमा छापेको छैन । उसले चिकित्सकको समायोजनमा सुदूरपश्चिम मर्कामा परेको, ललिता निवास प्रकरणमा नामसारी खारेज गर्न संसदीय समितिले सरकारलाई सिफारिस गरेको र नेकपा एकीकरण विवादसम्बन्धी समाचारलाई पहिलो पृष्ठमा स्थान दिएको छ ।

त्यसबाहेक नेकपा नेतालाई चिनियाँ दीक्षा शीर्षकको अर्को समाचार पनि छ, जुन देव गुरुङ नेतृत्वमा चीन भ्रमणमा रहेका नेकपाका सांसदहरुलाई चिनियाँ कम्युनिष्ट पार्टीले दिएको सुझावसँग सम्बन्धित छ । समाचार अनुसार चिनियाँ कम्युनिष्ट पाटीले नेपालको सत्तारुढ दल नेकपासँगको सम्बन्धलाई अझै मजबुत बनाउने चाहना राखेको छ । नेपालका अन्य कम्युनिष्ट पार्टीलाई पनि एउटै सूत्रमा बाँध्न चिनियाँ नेताले नेकपालाई सुझाएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीले आफ्ना तल्ला तहमा नेपाली नेतालाई लगेर पार्टी सञ्चालन विधि, जनताको मन जित्ने तरिका, उत्पादन प्रक्रियामा समन्वय, सैद्धान्तिक पक्ष, स्कुल विभाग लगायत विषयमा अनौपचारिक प्रशिक्षण दिएको समाचारमा उल्लेख छ ।

गोरखापत्र दैनिकले पिउने पानीमा कोलिफर्म जिवाणु फेला परेको समाचार छापेको छ । ३३ वटा पानी उद्योगको नमूना परीक्षण गर्दा नौ उद्योगको पानीमा कोलिफर्म भेटिएको समाचारमा उल्लेख छ । कोलिफर्मको मात्रा बढी भएमा ततकाल झाडा पखाला हुनुका साथै दीर्घकालसम्म पाचन प्रणालीमा समस्या आइरहने डा. शेरबहादुर पुनले बताएका छन् ।

नेपाल फर्सीको बीउमा पनि परनिर्भर !

राजधानी दैनिकले सर्वोच्चसहित देशभरका अदालतमा ८ हजार मुद्दाको फैसला लैख्न बाँकी रहेको विषयलाई मुख्य समाचार बनाएको छ । ढिलो फैसला लेखनले न्याय पाउन ढिलाइ भएको समाचारको सार छ ।

राजधानीले आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्बको बजेट ल्याउने तयारी गरिएको र फर्सीको बीउ आयातमा नेपालले वार्षिक एक करोड बढी खर्च गरिरहेको समाचारलाई पनि पहिलो पृष्ठमा समेटेको छ ।

धादिङ घर भई हाल कलंकी बस्दै आएका ३० वर्षीय फर्सी व्यवसायी गोपाल पौडेलका अनुसार उनले विगत तीन वर्षदेखि अमेरिकाबाट फर्सीको बीउ आयात गरेर व्यवसाय गर्दै आएका छन् । चालु आर्थिक वर्षमा मात्रै अमेरिकाबाट पाँच टन फर्सीको बीउ आयात गरेको उनले राजधानी दैनिकसँग बताएका छन् ।

कारोबार दैनिकले खाद्य र पेय पदार्थमा अत्यधिक मिसावट भएको र ‘डुइङ बिजनेस’ पुनरावलोकन नहुने समाचार छापेको छ ।

यसैगरी नेपाल समाचारपत्र दैनिकले नेकपा एकता प्रक्रियामा केन्द्रित भएर ‘आश्वासन बढ्यो, एकता बढेन’ शीर्षकमा मुख्य समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment