Comments Add Comment

महिलाले यसरी मनाइन् डिभोर्स उत्सव (फोटो फिचर)

बिहेपछि मानिसहरुले भोज तथा उत्सव गर्नु त स्वभाविकै हो । तर, अमेरिकामा एकजना महिलाले आफ्नो डिभोर्सपछि उत्सव मनाएकी छिन् । उनको डिभोर्स उत्सव मनाउने तरिका पनि निकै अनौठो छ ।

आम रुपमा मानिसहरुका लागि डिभोर्स दुखदायी हुन्छ र डिभोर्सपछि उदास र हतास बन्दछन् । तर, अमेरिकको साउथ क्यारोलिनामा बस्ने मेरी लोलिसका लागि डिभोर्स जीवनकै खुसीको क्षण बन्यो । उनले डिभोर्सपछि खुब उत्सव मनाइन् ।

त्यसक्रममा उनले आफ्नो बिहेका फोटो पनि जलाइदिइन् र गज्जबको फोटोशूट गरिन् । उनका डिभोर्स फोटोशूट सोसल मिडियामा भाइरल बनेका छन् । कतिपय मानिसहरुले निकै तारिफ पनि गरेका छन् ।

उनले बिहेको फोटोलाई खुट्टाले कुल्चिएर पनि फोटोशूट गरेकी छिन् । जीवनमा हरेक सम्बन्ध जोडिँदा मात्र होइन तोडिँदा पनि उत्सव मनाउनुपर्ने उनको तर्क छ । सोही कारण आफूले यसरी फोटोशूट गरेको उनी बताउँछिन् ।

तर आफ्नो डिभोर्स फोटोशूट यतिधेरै भाइरल होला भनेर आफुले कल्पना नगरेको उनले बताएकी छिन् । एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment