Comments Add Comment

‘यात्रा’को क्विज प्रतियोगीतामा भाग लिनुहोस्, १ लाख जित्नुहोस्

चलचित्र ‘याात्रा’ शुक्रबारदेखि रिलिज हुँदैछ । यो चलचित्रको निर्माणपक्षले प्रचारका लागि विभिन्न खालका उपाय पनि निकालिरहेको छ । निर्माण टिमले मकै एपसँगको सहकार्यमा प्रतियोगीता आयोजना गरेको छ । जसको सही जवाफ दिनेमध्येबाट एक जनाले १ लाख नगद पुरस्कार पाउनेछन् ।

चलचित्रमा नायिका मलिका महत्तलाई ‘तपस्या’को भूमिकामा देखाइएको छ । उनको आँखाको ज्योती कसरी गुम्नेछ भन्ने प्रश्नको सही जवाफ दिनेलाई नगद १ लाख दिने घोषणा निर्माण टिमले गरेको छ । एप क्लिक गरेर यसको सही जवाफ के लाग्छ त्यसमा दर्शकले भोट गर्न सक्नेछन् ।

नेपालबाटै सहभागी हुनेले पुरस्कार जितेमा १ लाख र विदेशबाट कसैले पुरस्कार जितेमा ९ सय डलर दिने चलचित्रका प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठले बताए । चैत्र २९ गते बिहान ८ बजे बन्द हुने यो प्रतियोगीताका विजेताको घोषणा वैशाख २० गते फेसबुक लाइभबाट गरिनेछ ।

सम्राट शाक्यको निर्देशनमा तयार भएको यो चलचित्र ‘तपस्या’ पात्रकै वरिपरी घुमेको छ । चलचित्रमा मलिकाको साथमा नायक सलिनमान बनियाँ, सलोन बस्नेत, जान्वी बस्नेत, रेअर राई, प्रेक्षा बज्रचार्य लगायतका कलाकारको मुख्य भूमिका छ । सुशिल पोख्रेल चलचित्रका निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment