Comments Add Comment

सुहानाको ‘ब्लड’ मै छ अभिनय

चलचित्र ‘ए मेरो हजुर ३’ चैत्र २९ गते शुक्रबारदेखि रिलिज हुँदैछ । यो बर्ष अधिकांश चलचित्रले खराब व्यापार गरिरहेको समयमा यो चलचित्रले माहोल तताउने अपेक्षा गरिएको छ । चलचित्रबाट नव–नायिकाको रुपमा सुहाना थापाले डेब्यू गर्दैछिन् । सुहानाको चलचित्र रिलिज अगावै जुन खालको क्रेज बनेको छ, त्यो लोभलाग्दो छ ।

चलचित्रको ट्रेलर र गीत हेरेरै उनको अभिनयको फ्यान हुनेहरु पनि प्रशस्त छन् । उनै, सुहाना आफ्नो रगतमै अभिनय भएको स्विकार गर्छिन् । तर, आफ्नो गुरुले पनि आफूलाई धेरै कुरा सिकाएको उनको तर्क छ ।

‘ए मेरो हजुर ३’को कथा अरु कोही निर्माताले सुनाएको भए, नायक अनमोल केसी नभएको भए तपाइले गर्नुहुन्थ्यो भन्ने प्रश्नमा सुहानाले भनिन्–‘पक्कै पनि गर्थेँ । किनकी, यो एउटा फ्यान र स्टारको प्रेमकथा हो । फेरि, यसमा फ्यान बनेकी केटी पनि कृष्ण भक्त छिन् । यसैले पनि गर्थेँ ।’

तस्वीरः विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment