Comments Add Comment

युएईमा जारी विश्व लगानी फोरममा उद्योगमन्त्री यादव सहभागी   

युएई। युएईमा सोमबारबाट सुरु भएको विश्व लगानी फोरममा नेपालसमेत सहभागी भएको छ । अघिल्लो साता लगानी सम्मेलन सम्पन्न गरेको नेपालले खाडी राष्ट्रको यो फोरमलाई राम्रो अवसरका रुपमा प्रयोग गर्न सक्ने अपेक्षा राखिएको छ ।

युएई सरकारको आयोजनामा दुबईमा सोमबारबाट सुरु भएको विश्व लगानी फोरममा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्रतिनिधित्व गरेका छन् । कार्यक्रममा सहभागी हुन मन्त्री यादवसहित मन्त्रालयका सहसचिव सोभाकान्त पौडेल आइतबार युएई आइपुगेका छन् ।

दुबईको विकास र विकासमा लगानी गर्ने विभिन्न मुलुकका प्रतिनिधि सहभागी सम्मेलनले लगानीको क्षेत्र , अवस्था र बिकासका गतिबिधी बारे छलफल गर्नेछ ।

सम्मेलनमा सहभागी नेपाली प्रतिनिधि टोलीमा युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालसमेत सहभागी छन् ।

पाँचदिने युएई भ्रमणमा रहेका  मन्त्री यादवले कुटनीतिक भेटघाट समेत गर्नेछन् । सोही अनुसार सोमबार साँझ युएईका अर्थमन्त्रीसँग मन्त्रालयमै भेटघाट कार्यक्रम रहेको दूतावासले जनाएको छ।

यस्तै  मन्त्री यादवले बुधबार युएईमा रहेको नेपाल बिजनेस काउन्सिलका प्रतिनिधीसँग नेपाली दूतावासको कार्यालयमा छलफल  गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment