Comments Add Comment

राप्रपाको दोस्रो चरणको आन्दोलन : प्लेकार्ड जलाउने, राजमार्गमा सत्याग्रह

२६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र बनाउन माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

मंगलबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले चैत २८ देखि वैशाख ८ गतेसम्मको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

आन्दोलनको कार्यक्रम अन्तर्गत चैत २८ गते सबै स्थानीय तहको केन्द्रमा १ घण्टा धर्ना र प्रदर्शन गर्ने, वैशाख ४ र ५ गते पार्टीले सरकारलाई बुझाएको २२ बुँदे मागबारे घरदैलो गर्ने, वैशाख ६ गते जिल्ला सदरमुकाममा धर्म निरपेक्ष अंकित ब्यानर र प्लेकार्ड जलाउने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

त्यस्तै वैशाख ८ गते देशका सबैजसो राजमार्ग र चोकमा दिउँसो १२ देखि २ बजेसम्म सत्याग्रह गरिने राप्रपाले जनाएको छ ।

राप्रपाले धर्म सापेक्ष हिन्दुराष्ट्र पुर्नस्थापना, राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताबारे राष्ट्रिय जनमतसंग्रह, भ्रष्टाचार अन्त्यलगायत २२ बुँदे माग राखेर आन्दोलनमा उत्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment