Comments Add Comment

च्याम्पियन्स लिग : टोटनह्यामसँग म्यानचेस्टर सिटी स्तब्ध

Photo Credit :  च्याम्पियन्स लिग

२७ चैत, काठमाडौं । टोटनह्यामले च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।

आफ्नै घरेलु मैदानमा मंगलबार राति भएको खेलमा टोटनह्यामले म्यानचेस्टर सिटीलाई १–० गोलअन्तरले पराजित गरेको हो । टोटनह्यामको जितमा सन हेयुङ मिनले गोल गरे । उनकै गोलमा बलियो टिम म्यानचेस्टर सिटीमाथि टोटनह्यामले जित निकालेको हो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको टोटनह्यामले खेलको दोस्रो हाफमा गोल गर्न सफल भयो । खेलको ७८औं मिनेटमा मिनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए ।

खेलअवधिभर भने म्यानचेस्टर सिटीले बल आफ्नो पकडमा राखेको थियो । तर गोल गर्न भने सकेन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment