Comments Add Comment

पत्रकार सापकोटा प्रदेश ३ को सञ्चार रजिष्टार नियुक्त, के हो रजिष्टारको काम ?

२७ चैत, काठमाडौं । प्रदेश ३ सरकारले सो प्रदेशको सञ्चार रजिष्ट्रारमा पत्रकार रेवती सापकोटालाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बुधवार विहान बसेको बैठकले सापकोटालाई राजपत्रांकित प्रथम श्रेणीको सुबिधा पाउने गरी रजिष्टार नियुक्त गरेको हो ।

बिगत दुई दशकदेखि सक्रिय पत्रकारिता गरिरहेका सिन्धुपाल्चोक कुबिण्डे निवासी सापकोटा हाल अंग्रेजी दैनिक दि हिमालयन टाइम्समा कार्यरत छन् ।

संघीय सरकारको सूचना तथा प्रसारण बिभागले गर्ने काम अब प्रदेशमा सञ्चार रजिष्टारले गर्नेछन् । सन्चार रजिष्टारले एफएम रडियो, टेलिभिजन र पत्रपत्रिका सन्चालनको अनुमतिपत्र प्रदान गर्ने, नवीकरण र नियमन गर्ने तथा पत्रपत्रिका, अनलाइन सन्चारमाध्यम लगायत सबै सन्चारमाध्यमको अभिलेख राख्ने काम गर्छ ।

त्यस्तै सन्चारका माध्यमलाई दिइने सुविधाका सम्बन्धमा प्रदेश सरकारलाई सिफारिस गर्ने दायित्व पनि रजिष्टारकै हुनेछ । सन्चार रजिष्टारले प्रदेशका पत्रकारहरुको लागि आवश्यक काम समेत गर्नेछ ।

प्रदेश ३ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलको प्रस्तावमा सपाकोटा सो पदमा नियुक्त भएका हुन् । सञ्चार रजिष्टारको कार्यालय प्रदेश राजधानीमै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment