Comments Add Comment

‘सम्हालिन्छ कहिले मन’को लण्डन सुटिङ सकेर फर्किए पूजा र आकाश

बरुणसँग भेट्दा आलोचित भएपछि पूजाले यसो भनिन्

चलचित्र ‘सम्हालिन्छ कहिले मन’को टिम लण्डनको छायांकन सकेर नेपाल फर्किएको छ । मंगलबार बेलुकी त्रिभुवन विमानस्थलमा चलचित्रका मुख्य कलाकार पूजा शर्मा, नायक आकाश श्रेष्ठ र निर्देशक सुदर्शन थापालाई फ्यानले स्वागत गरेका थिए ।

विमानस्थलमा मिडिया कुराकानीमा निर्देशक थापाले भने–‘हाम्रो करिब ९५ प्रतिशत छायांकन लण्डनमा सकिएको छ । अब, केही बाँकी छायांकन नेपालको मुस्ताङ र भारतमा हुनेछ ।’ उनले नेपाली लोकेशन र लण्डनको लोकेशनमा छायांकन गर्दा ठूलो फरक नपाएपनि कथावस्तुकै माग भएकाले विदेश जानु परेको बताए ।

विमानस्थलमा फ्यानको माझ घेरिएकी पूजा शर्माले भनिन्–‘चलचित्रको काम निकै नै राम्रो भएको छ । हामीले सक्दो मिहिनेत गरेका छौ ।’ लण्डनमा रहँदा बलिउड नायक बरुण धवनलाई भेट्दा भएको आलोचनाको बिषयमा पूजाले भनिन्–‘हामी दौडिएर बरुणलाई भेट्न गएका होइनौ । उहाँहरुको बसेको होटल र हामी बसेको होटल एउटै थियो । उहाँहरुको इन्डक्ल्यापको समयमा हामी छायांकन सकेर बसेका थियौं । यसैले पनि हाम्रो भेट भएको थियो ।’

पूजाले अगाडि भनिन्–‘यदि कुनै डाक्टर छ भने मानिसको लक्ष्य हुन्छ त्यस्तै डाक्टर बनु भन्ने हुन्छ । हामी कलाकारले पनि कलाकारलाई नै हेर्ने हो । एउटै क्षेत्रको मानिस भएपछि जात, भात, देश, संकृती भन्ने हुँदैन ।’ चलचित्रमा नायिका पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका छ । चलचित्रलाई एबी प्रोडक्शनले निर्माण गरेका हो । चलचित्रलाई भदौमा रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment