Comments Add Comment

राजेश पायलको चौथो एल्बम ‘दर्शन नमस्ते ४’ रिलिज

गायक राजेश पायल राइको आवाजमा समावेश ‘दर्शन नमस्ते’ को चौथो सिरिज सार्वजनिक भएको छ । गायक राइले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै ‘दर्शन नमस्ते ४’ एल्बम सार्वजनिक गरिएको छ । कलाकार भैरवबहादुर थापाले एल्बम सार्वजनिक गरे । यो राइको १९ औं एल्मब हो ।

यो एल्बममा सात वटा गीत समावेश छन् । जसमा टाइटल गीत नै तीन वटा छन् । यस्तै एल्बममा मोहनी, केकी, तिमी विना र यी दुःखहरु बोलका गीत छन् । एल्बमका गीतहरुमा शब्द रचना क्रमशः उत्तमजंग लिम्बु, डम्बर नेपाली, महेश खड्का, भद्रकला आङ्बुहाङ राई, विशाल राई हसिन, बसन्त सापकोटा र टिका चाम्लिङको छ ।

जसमा उत्तमजंग लिम्बू, डम्बर नेपाली, महेश खड्का, बादल लिम्बु, सन्तोषराज, महाराज थापा र अम्बर गुरुङको संगीत छ । कार्यक्रममा राजेशपायलले एल्बममा समाबिष्ट दर्शन नमस्ते टाइटलका दुई गीत प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment