Comments Add Comment

यौन दुर्व्यवहारको आरोपमा खानेपानी बोर्डका कार्यकारी निर्देशक पक्राउ

२७, चैत, चितवन । भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहाल एक युवतीलाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ परेका छन् ।

दाहालले मंगलबार राति युवतीलाई आफ्नो क्वार्टरमा बोलाएर यौन दुर्व्यवहार गरेको भनी युवतीले प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् ।

दाहालले श्रीमती नभएको मौकामा युवतीलाई राति ८ बजे क्वार्टरमा बोलाएका थिए । दाहालले यौन दुव्र्यवहार गरेपछि क्वार्टरबाट भाग्न खोज्दा खुट्टासमेत मर्किएको पीडितले बताएकी छन् ।

दाहालले युवती चढेर आएको स्कुटर र मोवाइल जफत गरेर राखेका थिए । त्यसपछि राति नै युवती अटो चढेर गएकी थिइन् ।

युवती गैंडाकोटको एक उद्योगमा काम गर्ने जनाइएको छ । युवतीले जिल्ला प्रहरी कार्यालयको महिला सेलमा कार्यकारी निर्देशक दाहालविरुद्ध उजुरी दिएपछि उनलाई सोधपुछका लागि बोलाइएको चितवनका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौंरले जानकारी दिए ।

महिला सेलमा दिउँसो सोधपुछपछि प्रहरीसहित कार्यालयको ना ३४ च ५४४० नम्वरको सवारीमा वुधबार साँझ क्वार्टर पुगेका दाहालले जफत गरेको मोवाइल र स्कुटर युवतीका आफन्तलाई बुझाएका छन् ।

उनका साथमा आएका दुई प्रहरीले दाहाललाई पुनः जिल्ला प्रहरी कार्यालय लगेका छन् । दाहालले युवतीलाई करिब डेढ लाख रकम दिएको स्रोतले जनाएको छ । दाहालले भने लेनदेनको विषय भएको दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment