Comments Add Comment

किन शाहिदले दिनमा २० खिल्ली चुरोट सेवन गर्नुपर्‍यो

कुनैपनि भूमिकामा आफुलाई रुपान्तरण गर्नका लागि कति कठिन हुन्छ ? यस्तै अनुभव सुनाएका छन् बलिउड अभिनेता शाहिद कपूरले ।

सन्दर्भ हो, फिल्म ‘कबीर सिंह’को टीजर रिलिजको । उक्त फिल्मको मूख्य भूमिकामा छन्, शाहिद । यसमा शाहिदले एक नशाको तलमा डुबेका मेडिकल स्टुडेन्टको भूमिका निर्वाह गरेक छन् । हुन त शाहिद यसअघि यस्तै भूमिकामा देखिएका थिए, फिल्म उड्ता पंजाबमा । त्यसमा उनले टोमी सिंहको चरित्र निर्वाह गरेका थिए ।

यसपाली पनि उनले आफ्नो भूमिकाका लागि निकै मेहनत गरेका छन् । एउटा कुलतमा डुबेको युवाको रुपमा आफुलाई रुपान्तरण गर्न सहज थिएन । शाहिदले एक अन्र्तवार्तामा भनेका छन् कि उक्त भूमिकाका लागि उनले दिनमा २० खिल्ली चुरोट सेवन गर्नुपथ्र्यो ।

त्यसपछि उनी घर र्फकनका लागि करिब दुई घण्टा नुहाउनुपथ्र्यो । किनभने आफ्ना बच्चा जैन र मीशालाई यस्तो थाहा नहोस् कि, मेरो बाबा चुरोट सेवन गर्छन् । अर्थात शाहिदले सेवन गरेको चुरोटको गन्ध उनीहरुले थाहा नपायोस् ।

शाहिदले मुम्बई मिररका लागि दिएको अन्र्तवार्तामा भनेका छन्, ‘म चुरोटको प्रचार गरिरहेको छैन । आफ्नो भूमिकालाई जीवन्त रुपमा निर्वाह गर्नका लागि मैले चुरोट पिउनुपथ्र्यो । मेरो लागि यो सजिलो काम थिएन कि, एक दिनमै २० खिल्ली चुरोट पिउने ।’

अहिले यो फिल्मको टिजर सार्वजनिक भएको छ । यो फिल्म तेलुगु फिल्मको ब्लकबस्टर फिल्म ‘अर्जुन रेड्डी’को रिमेक हो । यस फिल्मलाई निर्देशक संन्दीप रेड्डी वांगाले नै निर्देशन गरेका छन् । उनैले ‘अर्जुन रेड्डी’ निर्देशन गरेका थिए । फिल्म जुन २१ मा सिनेमाघरमा आउनेछ । यस फिल्ममा शाहिद कपूरसहित मूख्य भूमिकामा किआरा आडवाणी देखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment