Comments Add Comment

‘ए मेरो हजुर ३’बाट यसकारण सुहानाको ‘शानदार डेब्यू’

आज शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ३’को प्रिमियर पश्चात नव–नायिका सुहाना थापाको कामको तारिफ गर्दै सामाजिक संजाल भरिएका छन् । धेरैले नायिका सुहाना थापाको शानदार डेब्यू भन्दै प्रशंसा पनि गरिरहेका छन् । यसअघि यस्तो खालको प्रतिक्रिया नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘ड्रिम्स’ चलचित्रबाट डेब्यू गर्दा पाएकी थिइन् ।

आखिर, सुहानाको यति धेरै तारिफ किन ? चलचित्र ‘ए मेरो हजुर ३’ नायिका थापाको होम प्रोडक्शनको चलचित्र हो । उनका पिता सुनिलकुमार थापाको लगानी र आमा झरना थापाको निर्देशनमा यो चलचित्र बनेको छ ।

चलचित्रको केन्द्रविन्दुमा नायिका सुहाना थापा नै छिन् । चलचित्रमा सुहानाले होस्टेलमा बस्ने आधुनिक यूवतीदेखि प्रेम गर्ने मायालु यूवतीसम्मको भूमिका निर्वाहा गरेकी छिन् । सुहानाको अभिनय उत्कृष्ट छ । उनले आफ्नो अनुहारमो अभिनयको उत्कृष्ट झलक ल्याएकी छिन् । चलचित्रमा देखिने हरेक परिस्थितीमा सुहानाले आफूलाई ढाल्नु नै उनको खुबी हो ।

चलचित्रको गीतमा उनको प्रस्तुती, संवाद बोल्दा उनको अभिनयमा देखिएको गहिराइले उनले सिंगो चलचित्र बोक्ने हिम्मत राखेकी छिन् । चलचित्र रिलिज अगाडि नायिका थापाको उचाइको बिषयमा थुप्रै खालका टिकाटिप्पणी भएका थिए । तर, चलचित्र हेरिरहँदा उनको अभिनयको उचाइले उनको हाइटलाई छोपिदिएको छ । यसकारण पनि सुहानाको यो चलचित्र ‘शानदार डेब्यू’ हो भन्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment