Comments Add Comment

डाटा चोरीको मुद्दा मिलाउने याहुको प्रयास, १२ अर्ब तिर्न तयार

इन्टरनेट कम्पनी याहुले प्रयोगकर्ताको डाटाहरु व्यापक रुपमा ह्याक भएको मुद्दा मिलाउनका लागि पौने १२ करोड डलर तिर्ने भएको छ ।

प्रयोगकर्ताका इमेल ठेगाना तथा पासवर्डलगायतका निजी जानकारीहरु लिक भएको सम्बन्धमा परेको मुद्दामा यो रकम तिर्न याहु सहमत भएको हो । तर मुद्दा मिलाउनका लागि याहुले गरेको यो प्रस्तावलाई अमेरिकाको सम्बन्धित जिल्ला अदालतका न्यायाधीशले स्वीकृति दिन बाँकी छ ।

यो वर्षको सुरुमा याहुले यस्तै खालको एक प्रस्ताव ल्याएको थियो । तर ती न्यायाधीशले पीडितहरुले अधिकतम फाइदा प्राप्त गर्नका लागि निश्चित रकम नै तोकेर सहमति गर्नुपर्ने भन्दै याहुको त्यस्तो प्रस्ताव अस्वीकार गरेका थिए ।

सन् २०१३ देखि २०१६को अवधिमा याहुमा खतरनाक साइबर आक्रमण भएको र त्यसक्रममा करोडौँ याहु प्रयोगकर्ताका निजी डाटा ह्याकरको हातमा पुगेका थिए ।

सन् २०१३ मा त सबै याहु प्रयोगकर्ताहरु यस्तो ह्याकिङ्गबाट प्रभावित भएका थिए । याहुले यसअघि डाटा लिक गराइएका इमेल एड्रेस तथा पासवर्डका साथै प्रभावित प्रयोगकर्ताको नामसमेत सार्वजनिक गरेको थियो । तर, वित्तीय जानकारी भने उपलब्ध गराएको थिएन ।

स्मरण रहोस् सन् २०१६ मा भर्जन कम्पनीले ४ अर्ब ४८ करोड डलरमा याहु कम्पनी खरीद गरेको थियो । अर्को वर्ष याहु र एओएलले भर्जनकै मातहतमा ओथ नामक कम्पनी खडा गरे । पछि त्यो कम्पनी भर्जन भिडियाका रुपमा रिब्राण्डिङ गरियो ।

सन् २०१७ यता याहुको मातृ कम्पनीले आफ्नो सेक्योरिटी बजेटमा बढोत्तरी गरेको छ । सूचना सुरक्षा समूहका कर्मचारीको संख्यामा वृद्धि गर्नुका साथै उनीहरुलाई दिइने तालीममा वृद्धि गरेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment