Comments Add Comment

निःशुल्क शिक्षा कार्यान्यवन गर्न सत्तारुढ विद्यार्थीद्वारा शिक्षामन्त्रीको ध्यानाकर्षण

२९ चैत, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्टा पार्टी (नेकपा) का विद्यार्थी संगठनले निःशुल्क शिक्षा कार्यान्वयन गर्न भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार अखिल र अखिल (क्रान्तिकारी)ले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई ८ बुँदे ज्ञापनपत्र बुझाउँदै विद्यालय तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने प्रावधानलाई व्यवहारिक रुपमा कार्यान्वयनका लागि प्रभावकारी कदम चाल्न माग गरेका हुन् ।

निजी क्षेत्रमा चालु शैक्षिकसत्रमा मनोमानी रुपमा शैक्षिक शुल्क वृद्धि गरेको भन्दै सत्तारुढा विद्यार्थीले शिक्षाको निजीकरण र व्यापारीकरण रोक्नुपर्ने बताएका छन् । साथै बढाएर लिइएको शुल्क फिर्ता गराउन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment