Comments Add Comment

‘स्टुडेन्ट अफ द इयर २’को ट्रेलर सार्वजनिक

बलिउडको प्रतिक्षित चलचित्र ‘स्टुडेन्ट अफ द इयर २’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकार टाइगर श्राफको धमकेदार एक्सन तथा नृत्य देख्न सकिन्छ । डेब्यु गर्लद्वय तारा सुतरिया र अनन्या पाण्डेलाई पनि ट्रेलरमा देखाइएको छ । ट्रेलर मसलेदार बनाइएको छ ।

पुनित मल्होत्राको निर्देशनमा बनेको यो चलचित्रलाई करण जोहरले निर्माण गरेका हुन् । चलचित्रमा करण जोहरसँगै यश जोहर र अपूर्व मेहताको पनि लगानी रहेको छ । सफल चलचित्र ‘स्टुडेन्ट अफ द इयर’को दोस्रो भागलाई लिएर धेरै दर्शकहरु आशावादी छन् । तर, यो चलचित्रमा पुरानो चलचित्रका कलाकारहरु देहोरिएका छैनन् ।

‘स्टुडेन्ट अफ द इयर’मा बरुण धवन, सिद्धार्थ मोल्होत्रा र आलिया भट्टको मुख्य भूमिका रहेको थियो । दोस्रो सिरिजमा पनि बरुण, आलिया र सिद्धार्थले केमियो भूमिका निर्वाह गर्नेछन् । चलचित्रले मार्चको १० तारिखलाई आफ्नो रिलिज मिति पक्का गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment