Comments Add Comment

सशस्त्रका जवानले पाएनन् पोशाक, खरिदै नगर्दा बजेट फ्रिज

२९ चैत, काठमाडौं । सशस्त्र प्रहरी बलले कर्मचारीका लागि पोशाक खरिद नगर्दा बजेट फ्रिज भएको छ । सशस्त्र अधिकृत तथा जवानका लागि उपलब्ध गराउने पोशाक खरिद नगर्दा झण्डै ५ करोड रुपैयाँ फ्रिज भएको हो ।

महालेखा परीक्षकको प्रतिवेदनअनुसार यो आर्थिक वर्षमा पोशाक खरिदका लागि स्वीकृत भएको ५ करोड ८६ लाख १५ हजार रुपैयाँ फ्रिज भएको छ ।

सशस्त्र प्रहरी नियमावली, २०७२ मा प्रत्येक राजपत्राङ्कित सशस्त्र प्रहरी अधिृकतलाई मौसम अनुसारको सेरिमोनियल तथा ट्युनिक पोशाक र त्यसका लागि आवश्यक पर्ने समान खपत अवधिको आधारमा उपलब्ध गराउने भनिएको छ ।

तर, यो आर्थिक वर्षमा सशस्त्र नियमावली विपरीत पोशाक खरिद नगरेको हो । कुल ३७ हजार १ सय १७ सशस्त्र प्रहरी कार्यर्त रहेको मध्ये पोशाक मौज्दात दरबन्दीको तुलनामा न्यून भएको देखिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment