Comments Add Comment

‘यात्रा’मा सलिनको तारिफयोग्य काम

चलचित्र ‘ ए मेरो हजुर २’मा नायक सलिनमान बनियाँले काम गर्दा धेरैले उनलाई अभिनय गर्न कमजोर भएपनि अनुहारका कारणले चलेको आरोप लगाएका थिए । तर, चलचित्र ‘यात्रा’ हेरेपछि भने नायक सलिनमान बनियाँको तारिफ नै तारिफ भएको छ । सलिनमानले चलचित्रका लागि गरेको मिहिनेत प्रशंसनिय छ ।

नायक बनियाँ अभिनित यो चलचित्र शुक्रबारदेखि देशभर हलमा लागिरहेको छ । शुक्रबार बेलुकी आयोजित चलचित्रको विशेष शोमा सलिनको अभिनयदेखि एक्सनको सबैले तारिफ गरेका छन् । नायक बनियाँले चलचित्रका लागि ३ महिना एक्सनको कोर्ष समेत लिएका थिए । चलचित्रको पर्दामा उनको एक्सनको विशेषता स्पष्ट देखिएको छ ।

नेपाली चलचित्रमा सलिन चकलेटी मात्र नभएर एक्सन हिरोको रुपमा जम्ने पनि निश्चित छ । यस्तै, चलचित्रमा नायिका मलिका महत्तको काम पनि उत्कृष्ट छ । चलचित्र क्षेत्रले मलिकालाई पनि नायिकाको रुपमा पाएको छ भन्न सकिन्छ ।
शुक्रबारदेखि रिलिज भएको यो चलचित्रलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । केशव भट्टराई कार्यकारी निर्माता रहेको चलचित्रलाई सुशिल पोखरेलले निर्माण गरेका छन् ।

चलचित्रले यूवापुस्ताहरुलाई निकै नै सकारात्मक सन्देश दिन खोजेको छ । चलचित्र हेर्न पुगेका कलाकार दिपकराज गिरी, निर्देशक दीपाश्री निरौला, हाँस्यकलाकारद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरे लगायतले चलचित्रलाई निकै राम्रो भनेका छन् ।

नेपाली चलचित्रमा यस्तो कथामा यसअगाडि चलचित्र बनेको थिएन । सलिनमान बनियाँ, मलिका महत्त, सलोन बस्नेत लगायतका कलाकारको मुख्य अभिनय रहेको यो चलचित्रले युवापुस्तालाई सामाजिक सन्देश समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment