+
+
Shares

टोटनहृयामको फराकिलो जित, लुकासको हृयाट्रिक

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १ गते ७:४१
Photo Credit : प्रिमियर लिग

१ वैशाख, काठमाडौं । टोटनहृयामले इंग्लिस प्रिमियर लिग फुटबलमा फराकिलो जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा टोटनहृयामले हडर्सफिल्डलाई ४-० गोलअन्तरले पराजित गरेको  हो । आफ्नै घरेलु मैदानमा भएको खेलमा टोटनहृयामको जितमा लुकास मोउराले हृयाटि्रक गोल गरे । त्यस्तै भिक्टोर वानयामाले एक गोल थपे ।

खेलको २४औं मिनेटमा नै भिक्टोरले गोल गर्दै टोटनहृयामलाई अग्रता दिलाएका थिए । २७औं मिनेटमा लुकासले गोल गर्दै टोटनहृयामलाई पहिलो हाफसम्म २-० गोलको अग्रता दिलाएका थिए ।

खेलको दोस्रो हाफमा लुकासले दुई गोल थप्न सफल भए । उनले ८७औं मिनेटमा र खेलको अतिरिक्त समयमा गोल गदै हृयाट्रिक पूरा गरेका थिए भने आफ्नो टिम टोटनहृयामलाई ४-० गोलअन्तरको जित दिलाए ।

जितसँगै टोटनहृयाम लिगको तेस्रो स्थानमा उक्लिएको छ । टोटनहृयामको ३३ खेलबाट ६७ अंक भएको छ ।

लिगको शीर्ष स्थानमा लिभरपुल रहेको छ । उसको ३३ खेलबाट ८२ अंक रहँदा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३२ खेलबाट ८० अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?