Comments Add Comment

सर्लाहीमा बस दुर्घटना : ३ को मृत्यु, २९ घाइते

१ वैशाख, जनकपुरधाम । सर्लाहीको लालबन्दीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । २९ जना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित सडक खण्डमा आइतबार बिहान बा.३ ख १३१८ नम्बरको बस पल्टेर दुर्घटना भएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता दानबहादुर थापाका अनुसार दुर्घटनामा सुनसरीको रामधुनी नगरपालिका ९ का ४० वर्षीय श्रीकान्त चौधरी, सुनसरीकै दुहबी नगरपालिका बस्ने २३ वर्षीय अनिल उराव र मोरङको बूढीगंगा गाउँपालिका ६ बस्ने २२ वर्षीय बबली राउत रहेका छन् ।

उनीहरुको लालबन्दीस्थित सिटी केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । घाइतेमध्ये चार जनालाई विराटनगर र बाँकीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुरहरु बस रिजर्भ गरेर जाने क्रममा दुर्घटनामा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment