Comments Add Comment

अर्थमन्त्रीको आग्रह– १०० रुपैयाँ थपेर बैंक खाता खोल्नुस्

१ वैशाख, काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले गरिबीको चंगुलबाट मुक्ति दिनका लागि सरकारले स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरेको बताएका छन् ।

आइतबार नयाँ वर्षको अवसरमा आयोजित ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौ बैंक खाताको शुभारम्भ समारोहमा बोल्दै अर्थमन्त्रीले खतिवडाले स्वास्थ्य बीमा कार्यक्रमले गरिबीबाट माथि जान महत्वपूर्ण सहयोग गर्ने उनले दाबी गरे ।

यो योजनाअन्तर्गत ७० वर्ष उमेर पुगेका नागरिकको स्वास्थ्य बीमा १ लाखसम्मको सरकारले नै गरिदिनेछ ।

उनले सबैलाई बैंकमा खाता खोल्न अपिल गरे । वित्तीय सुरक्षाका लागि बैंक खाता अनिवार्य भएको कारण नै सरकारले चालू आर्थिक वर्षको बजेटमा हरेक नेपालीको बैंक खाता कार्यक्रम समावेश गरिएको बताए ।

अब खाता खोल्नेहरुलाई सय रुपैयाँ उपलब्ध गराइने जानकारी दिँदै उनले बैंक खाता नभएकालाई तत्कालै खोल्न आग्रह गरे ।

तर बैंकले उपलब्ध गराउने एक सय रुपैयाँको मात्रै भर नपरेर आफू्लेसमेत १ सय रुपैयाँ राखेर खाता खोल्न अर्थमन्त्रीले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment