Comments Add Comment

‘सबै नेपालीको बैंक खाता अभियान’ सुरु, प्रधानमन्त्रीका बुवा र सासुले पनि खोले खाता

१ वैशाख, काठमाडौं । ‘सबै नेपालीको बैंक खाता अभियान’ सुरु भएको छ । नयाँ बर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको सुरुआत गरे ।

आइतबार नै प्रधानमन्त्रीका बुवा मोहन प्रसाद ओली र सासु -राधिका शाक्यको आमा) धनमाया शाक्यले राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेका छन् ।

आइतबार नयाँ वर्षको अवसरमा आयोजित ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौ बैंक खाताको शुभारम्भ समारोहमा खाता खोलेका बुवा र सासुलाई प्रधानमन्त्री ओली आफैले चेक हस्तान्तरण गरे । कार्यक्रममा केही ज्येष्ठ नागरिकहरुको स्वास्थ्य बीमा समेत गरेर बीमा गरिएको परिचय पत्र वितरण समेत गरिएको छ ।

बालुवाटार निवासी १०० वषर्ीया जमुना गुरुङ लगायत ५५ जनालाई प्रधानमन्त्री ओलीले १ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गरिएको पत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले गरिबीको चंगोलबाट मुक्ति दिनका लागि सरकारले स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरेको बताए । स्वास्थ्य बीमा कार्यक्रमले गरिबीबाट माथि जान महत्वपूर्ण सहयोग गर्ने उनले दाबी गरे ।

यो योजना अन्तर्गत ७० वर्ष उमेर पुगेका नागरिकको स्वास्थ्य बीमा १ ला सम्मको सरकारले नै गरिदिनेछ ।  उनले सबैलाई बैंक खाता खोल्न समेत अपिल गरे ।

वित्तीय सुरक्षाका लागि बैंक खाता अनिवार्य भएको कारण नै सरकारले चालू आर्थिक वर्षको बजेटमा हरेक नेपालीको बैंक खाता कार्यक्रम समावेश गरिएको बताए ।

अब खाता खोल्नेहरुलाई सय रुपैयाँ उपलब्ध गराईने जानकारी दिँदै उनले बैंक खाता नभएकोले तत्कालै खोल्न आग्रह गरे । तर उपलब्ध गराइने सय रुपैयाँको मात्रै भर नपरेर आफूले समेत १ सय राखेर खाता खोल्न अर्थमन्त्रीले आग्रह गरे ।

बैंक खाता भए थैलोमा चाबी राख्न नपर्ने र सुरक्षाको प्रत्याभूति समेत हुने साथै वित्तीय पारदर्शिताका लागि पनि बैंक खाता खोल्नु पर्नेमा अर्थमन्त्रीको जोड थियो ।

वाणिज्य बैंकहरुको संगठन बैंकर एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बैंक बिना समृद्धि नआउने बताएका छन् । उनले २ करोड ६८ लाख बैंक खाता खुलिसकेको जानकारी दिए ।

एक व्यक्तिले धेरै खाता खोल्ने भन्दै उनले यस अभियानले साढे ४ करोड बैंक खाता पुग्ने लक्ष्य लिईएको उनले सुनाए ।

सरकारले चालु आवकै बजेटमा  सबै नेपालीको बैंक खाता खोल्ने योजना आएको थियो । अभियानका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुले मिलेर काम गर्नेछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment