Comments Add Comment

साराले गरिन् दिशालाई रिप्लेस

नायिका साराअली खानको क्रेज अहिले उचाइमा छ । बलिउडमा प्रवेश गरेको छोटो समयमा नै उनले आफूलाई नयाँ उचाइमा पुर्याएकी छिन् । उनै साराअली खानले एक ब्रान्डको विज्ञापनबाट नायिका दिशा पटानीलाई विस्थापित गरिदिएकी छिन् ।

केही बर्षदेखि उक्त ब्रान्डको विज्ञापनमा दिशालाई दर्शकले देख्दै आएका थिए । तर, अब उक्त ब्रान्ड कम्पनीले दिशासँग अगाडि सहकार्य नगर्ने भएको छ । दिशाको स्थानमा नायिका साराअली खानलाई ब्रान्ड प्रमोशनका लागि रोजिएको छ । साराले उक्त ब्रान्डका लागि संझौता समेत गरिसकेकी छिन् ।

भारतीय मिडियाका अनुसार साराले यो ब्रान्डको विज्ञापनमा भारतीय क्रिकेटर विराट कोहलीसँग अभिनय गर्नेछिन् । साराअली खानलाई लिएर चलचित्र बनाउन र ब्रान्डमा खेलाउनका लागि अहिले लामै लाइन छ । सारा अहिले चलचित्र ‘लभ आजकल २’को छायांकनमा व्यस्त छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment