Comments Add Comment

धनगढी दौडिन्छ हाफ म्याराथनको उपाधी दुर्गा बुढालाई

Photo Credit : दीपक उपाध्याय/अनलाइनखबर

१ वैशाख, कैलाली । नवजीवन धनगढी दौडिन्छ हाफ म्याराथनको यस वर्षको उपाधी साविक बिजेता जुम्लाका दुर्गा बुढाले जितेका छन् । बुढाले निर्धारित २१.१ किलोमिटरको दुरी एक घण्टा सात मिनेटमा पार गर्दै उपाधी जितेका हुन् । उनले उपाधीसँगै ५५ हजार ५ सय रुपैयाँ हात पारेका छन् ।

म्याराथनमा दोस्रो भएका नेपाली सेनाका होमलाल श्रेष्ठले एक घण्टा नौ मिनेट र तेस्रो नेपाली सेनाकै खगेन्द्र भाटले एक घण्टा १० मिनेटमा दुरी पार गरे ।

धनगढी जेसिजले सञ्चालन गरेको धनगढी दौडिन्छको यो छैठौं संस्करण हो । हरेक वर्ष नयाँ वर्षको दिन आयोजना गरिने धनगढी दौडिन्छ हाफ म्याराथन यस वर्ष नवजीवन सहकारी संस्थाले प्रायोजन गरेको थियो ।

हाफ म्याराथनको उदाटन आइतबार बिहान नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment