+
+
Shares

नयाँ वर्षमा प्रधानमन्त्रीको भाषण : नन्दी भृंगी भेला भएर आन्दोलन गर्छौं भनेछन्

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १ गते २०:२५

१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध आन्दोलन गर्छौ भन्ने विपक्षी दलहरूलाई नन्दी भृंगीको संज्ञा दिएका छन् । विपक्षीहरुले असहिष्णु भएको आरोप लगाइरहेका बेला नयाँ वर्षको पहिलो दिन नै प्रधानमन्त्री विपक्षीहरुमाथि खनिएका हुन् ।

२०७६ सालको पहिलो दिनको अवसर पारेर सुरु गरिएको ‘खोलौं बैंक खाता अभियान’ शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘अस्तीका दिन पनि १३ वटा विभिन्न आकार प्रकारका नन्दी भृंगी भेला भएर आन्दोलन गर्छौं भनेछन् । म अरु केही भन्दिन, नगर्नुस् ।’

शुक्रबार ११ विद्यार्थी संगठनले गरेको कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गरेको भन्दै आन्दोलन गर्न आह्वान गरेका थिए ।

 ओलीले त्यसतर्फ संकेत गर्दै कसैले आन्दोलन भनेर सिट्टी फुक्दैमा जनता नकुद्ने बताए । ‘जसले आन्दोलन भनेर फिरर सिट्टी फुक्छ, त्यसैकै पछि कुद्छन् नेपाली जनता ? यो सम्भव छ ?’ उनले भने, ‘नेपाली जनताले स्थिरता, विकास र शान्तिका लागि मतदान गरेका छन्, त्यसअनुसारको सरकार बनेको छ ।’

प्रधानमन्त्री ओलीले आफ्नो सरकारले देशका निम्ति काम गरेको भन्दै भने बृद्धबृद्धाको छेउमा सरकार ढाल्ने कुरा नगर्न चेतावनी दिए । उनले भने, ‘बुढाबुढीको छेउमा गएर नभन्नुहोला, ढुंगा हान्छन्, परपर भन्नुस् । केटाकेटीले सुन्ने गरी नभन्नुहोला ।’

अर्को वर्षबाट फल्ने धान यसै वर्ष

कतिपयले केही पनि काम भएन भनेर कराएको भन्दै उनले भने, समय भन्दा एक वर्ष अगाडि भेरी बबई जस्तो आयोजना हुँदैछ । अर्को वर्षबाट हुने सिचाई यसैवर्ष हुँदैछ । अर्को वर्षबाट फल्ने धान यसैवर्षबाट फल्छ, अर्को वर्षबाट फल्ने गहुँ यसैवर्ष फल्छ ।’

‘अर्को वर्षबाट उम्रने घाँस यसैवर्ष उम्रन्छ, अर्को वर्ष गाईले खान्थ्यो भने यर्स वर्ष खान्छ । अर्को वर्ष दिने दुध यसैवर्ष दिन्छ । एक वर्ष समयको बचत । यो रफ्तारमा काम भइरहेको छ ।’

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?