 
																			१ वैशाख, काभ्रे । २०७६ सालको पहिलो दिन दिउँसो ३ बजेको भारी वर्षाले नयाँ वर्ष मनाउन काभ्रे आएका पर्यटकलाई खिन्न बनाएको छ । करिब आधाघण्टा परेको पानीले अरनीको राजमार्ग अन्तर्गत बनेपा पुलबजार क्षेत्रमा ३ घण्टा सवारी आगमन रोकिन पुग्यो ।
जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रहरी निरिक्षक निशेष चापागाईंले भने‘ आज काठमाडौ लगायतका स्थानबाट पर्यटक आउदा सडकको व्यवस्थापन हुन कठिनाइ हुन्छ भन्ने हाम्रो अनुमान थियो, झन् झरीले पुलबजार डुबान गरेपछि काठमाडौं फर्किनेलाई समस्या भएको छ ।’
प्रहरीले बनेपा हुँदै भक्तपुर आउने सडकको विकल्पमा कुशादेवी, ग्वार्खो, नाला भक्तपुरको सडकबाट गाडि पास गराइरहेको छ । पुलबजारमा बाढी छिर्दा, केही सवारीसाधन डुबानमा परेका थिए ।
हरेक वर्ष बनेपाको पुल बजार क्षेत्रमा पुण्यमती खोलाले डुबान हुने गरेको छ । पुलबजारको ट्राफिक कार्यालय देखि इलाका प्रहरी सम्मको सडक खण्डमा पुण्यमती खोला बग्दा राजमार्ग पुर्ण रुपमा ठप्प हुने भए पनि यसको दीर्घकालीन समस्या समाधानमा सम्बन्धित निकायले चासो दिएका छैनन् ।

 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4