Comments Add Comment

अब आइप्याडमा पनि ह्वाट्सएप !

एप्पलको आइप्याड प्रयोगकर्ताका लागि विश्वकै सबैभन्दा लोकप्रिय एप ह्वाट्सएपको पर्खाइ समाप्त हुँदैछ । किनकि निकट भविष्यमै आइप्याडमा पनि ह्वाट्सएप चलाउने पाइने भएको छ ।

फेसबुक स्वामित्वको ह्वाट्सएपले हालै एप्पलको आइओएस अपरेटिंग सिस्टमका लागि नयाँ अपडेट ल्याएको छ । अपडेटसँगै ह्वाट्सएपको नयाँ भर्सन २.१९.४० उपलब्ध भएको छ भने एपमा रहेका बगहरु समाप्त पार्नुका साथै केही सुधार पनि गरेको छ । योसँगै कम्पनीले एप्पलका ट्याब्लेटमा पनि ह्वाट्सएप ल्याउने योजना बनाएको छ ।

ह्वाट्सएपका खबरहरु सार्वजनिक गर्ने गरेको डब्लुए बेटा इन्फोले छिटै नै ह्वाट्सएप एप्पल आइप्याडमा आउने खुलासा गरेको हो । उसका अनुसार केही समयदेखि ह्वाट्सएपले आइप्याड सपोर्टमा काम गरिरहेको छ । डब्लु ए बेटाइन्फोले शेयर गरेको स्क्रिनशटका अनुसार आइप्याडमा आउने ह्वाट्सएपमा यसको मूल रुपमा जस्तै फिचर हुनेछन् र त्योसँगै आइप्याड सपोर्ट गर्ने फिचर रहनेछ ।

साथै यसमा डेस्कटप भर्सनमा जस्तै स्प्लीट स्क्रिन भर्सन पनि रहनेछ । यसमा स्क्रिनको एउटा साइडमा प्रयोगकर्ताले आफ्नो च्याट सम्वाद हेर्न पाउनेछन् भने अर्को भागा विस्तृत च्याट रहनेछ ।

ह्वाट्सएपको आइप्याड भर्सनमा ह्वाट्सएप स्टाटस, ग्रुप्स तथा अडियो भिडियो फाइल सपोर्टका साथै ह्वाट्सएप स्टिकर्स पनि उपलब्ध हुनेछ ।

स्मरण रहोस् एप्पलले हालै एप्पल डिभाइसका लागि ह्वाट्सएपको व्यवसायिक भर्सन ह्वाट्सएप बिजनेस ल्याएको छ । यसमा प्रयोगकर्ताले एपसँगै बिजनेस प्रोफाइल पनि प्राप्त गर्दछन् । त्यसमा कर्पोरेट प्रयोगकर्ताले आफ्नो व्यवसायको विवरण, इमेल, ठेगाना तथा वेबसाइटसम्बन्धी जानकारीहरु समेत शेयर गर्न सक्दछन् । साथै क्विक रिप्लाइज, ग्रिटिंग्स् मेसेज तथा अवे मेसेज जस्ता फिचरको सहयोगमा आफ्ना सेवाग्राहीको जिज्ञासा समाधान पनि गर्न सकिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment