Comments Add Comment

वार्षिक लक्ष्य निर्धारण गरी सहुलियत कर्जा दिन राष्ट्र बैंकको निर्देशन

३ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियत कर्जालाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

सहुलियत कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ अनुसार प्रदान हुने कर्जालाई थप प्रभावकारी बनाउन क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको हो ।

राष्ट्र बैंकले यस्तो कर्जा लगानी गर्नका लागि वार्षिक लक्ष्य निर्धारण गर्न समेत भनेको छ ।

बैंकहरुले सहुलियत कर्जा दिन नचाहेको जनगुनासो बढ्दै गए पछि राष्ट्र बैंकले बैंकहरुलाई यस्तो निर्देशन दिएको हो । आ–आफ्ना शाखा कार्यालयहरुमार्फत यस्तो कर्जा प्रवाहमा सहजीकरण गर्न समेत भनिएको छ ।
 सरकारले वेरोजगार युवालाई स्वरोजगार बनाउने लक्ष्यसहित विभिन्न ७ शिर्षकमा सहुलियत कर्जा दिन बैंकहरुलाई निर्देशन दिएको थियो । तर बैंकहरुले उपलब्ध गराउने यस्तो कर्जा प्रभावकारी रुपले लगानी भने हुन सकेको छैन ।

बेरोजगारको स्थितिलाई समाधान गर्ने भन्दै सरकारले विभिन्न ७ शिर्षकमा ब्याज अनुदानसहितको सहुलियत कर्जा कर्जामा एकदमै कम आकर्षण देखिएको छ ।

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सार्वजनिक कार्यक्रममा नै शैक्षिक बेरोजगारलाई दिने कर्जा एकदमै कम देखिएको बताउदै अघिल्लो महिनासम्म शिक्षित युवा स्वरोजगार कर्जा हालसम्म ६ जनाले मात्रै लिएको जानकारी दिएका थिए ।

उनका अनुसार शैक्षिक बेरोजगारका लागि उपलब्ध गराइने उक्त कर्जा योजना अन्तर्गत पछिल्लो तथ्यांक अनुसार ६ जनाले ३८ लाख रुपैयाँमात्रै लिएका छन् ।

शैक्षिक बेरोजगारहरुकै लागि दिइने अर्को कर्जा उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा भने जम्मा दुई जनाले मात्रै लिएका छन् । उक्त कर्जा योजना अन्तर्गत दुई जनाले जम्मा १० लाख रुपैयाँ लिएको बताए ।

याे पनि पढ्नुहाेस् ः ६ शैक्षिक बेरोजगारले मात्रै लिए कर्जा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment