Comments Add Comment

फेरि रोहितले सम्हाले नेपालको ब्याटिङ, ओमानलाई २३० रनको चुनौति

३ वैशाख, काठमाडौं । यू–१९ विश्वकप क्रिकेटको एसियाली छनोटमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहितकुमार पौडेलको अर्धशतक मद्दतमा ४३.२ ओभरमा २२९ रनको स्कोर खडा गर्‍यो ।

ब्याटिङमा नेपालको सुरुवात राम्रो हुन सकेन । टिमको स्कोर १२ हुँदा ओपनर पवन सर्राफ व्यक्तिगत ५ रन बनाएर आउट भए । अर्का ओपनर रित गौतम पनि २१ बल खेलेर १० रन मात्रै बनाई आउट हुँदा नेपालको स्कोर ३३ रन थियो ।

यसैगरी तेस्रो नम्बरमा आएका अभिषेक बस्नेत ४४ बलमा १० रन बनाएर आउट भए भने सन्दिप जोरा पनि धेरै बेर टिक्न सकेनन् । उनी ९ बल खेल्दै चार रन बनाएर आउट भए । त्यसपछि आएका हरिवहादुर चौहान पनि असफल भए । अघिल्लो म्याचमा अद्र्धसतक बनाएका चौहान यसपाली २ रनको व्यक्ति स्कोरमा पेभेलियन फर्किए । यसरी नेपालले ८२ रनमा चार विकेट गुमायो ।

अर्कोतर्फ विकेट खसिरहँदा एकातर्फ भने कप्तान रोहित डटिरहेका थिए । लगातार विकेट पतनको प्रभाव उनको ब्याटिङमा देखिएन । रोहितले भिम सार्कीसँग ९३ रनको ठोस साझेदारी गरेपछि नेपालको अवस्था केही सुध्रिएको थियो । तर, ७५ रनको व्यक्तिगत स्कोरमा कप्तान रोहित आउट भएपछि नेपाल फेरि दवावमा आयो । रोहितले ८१ बलको सामना गर्दै ५ चौका र २ छक्का हानेका थिए ।

रोहितपछि भिम पनि ४३ बलमा २९ रन बनाएर आउट भए । त्यसपछि आएका कुशल मल्ल र कमल सिंह ऐरीले पनि खास केही गर्न सकेनन् । उनीहरु क्रमस १ र दुई रन बनाएर पेभेलियन फर्किए । तर, १० नम्बरमा आएका प्रतिश जिसीले विष्फोटक ब्याटिङ गर्दै नेपाललाई उकासे । उनले २३ बलमा ४ छक्का र २ चौका सहित ४१ रन बनाए ।

तर, नेपालले पूरा ओभर खेल्न सकेन । ४३. २ ओभरमा नेपाल अलआउट भयो । ओमानका लागि मुजाहिर राजा, आजम अलि, सञ्जय रवीन्द्र र जिल तन्नाले २–२ विकेट बाँडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment