Comments Add Comment

स्वयम्भू र हनुमानढोका दरवार जोड्ने पदमार्गको गुरुयोजना तयार

Photo Credit : फाइल फाेटाे/हनुमानढोका

३ बैशाख, काठमाडौं । २२ सय मिटरको दुरीमा रहेका दुई विश्व सम्पदा क्षेत्र स्वयम्भू र हनुमानढोका दरवार क्षेत्रलाई सम्पदा पदयात्राले जोड्न गुरु योजना तयार भएको छ ।

विश्व सम्पदा दिवस—२०१९ को अवसर पारी आउँदो बिहीबार अर्थात् अप्रिल १८ तारिखका दिन हनुमानढोका दरवार क्षेत्रमा उक्त सम्पदा पदयात्राको गुरुयोजना सार्वजनिक गरिने छ । त्यस अघि स्वंयम्भू भुइखेलदेखि हनुमानढोका दरवार क्षेत्रसम्म ¥याली आयोजना गरिने छ ।

सम्पदा पदयात्राले उक्त दुरीको क्षेत्र भित्र रहेका स्थानीय सांस्कृतिक सम्पदाहरूको प्रवद्र्धन गर्ने, स्थानीय जनताको आर्थिक विकासमा टेवा पु¥याउने, आन्तरिक एवं बाह्य पर्यटनको विकास गर्ने र सम्पदाको मूल्य मान्यता बारे सर्वसाधारणमा चेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।

काठमाडौं महानगरका मूर्त एवं अमूर्त सम्पदाहरूको पहिचान, पुस्तान्तरण तथा सम्बद्र्धनको कार्यमा पनि यो पदयात्रा सहायकसिद्ध हुने विश्वास गरिएको छ । सम्पदा पदयात्राको २.२ किलोमिटर दुरीभित्र रहेका करिब २० वटा महत्वपूर्ण सम्पदास्थलको अवलोकन गर्न सकिने छ ।

पदयात्रामा देखिने सम्पदाहरू

काठमाडौंको हनुमानढोका दरवार क्षेत्रबाट विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूसम्म पुग्दा इतिहासको विभिन्न कालखण्डमा निर्माण भएका मन्दिर, बहाःबही, ढुंगेधारा, पाटी, सत्तल आदि जस्ता सम्पदाहरू अवलोकन गर्न सकिने छ ।

महानगरपालिकाले ती सम्पदाहरू पहिचान गर्न विभिन्न संकेत चिन्हहरू राख्ने, स्थानीय घरहरूलाई परम्परागत स्वरुपमा ल्याउने, ठाउँ ठाउँमा स्थानीयता झल्किने चित्रकला, भित्तेचित्रको प्रदर्शन गर्ने, मार्गमा भएका पाटी, पौवा तथा सत्तलको मर्मत, सम्भार तथा संरक्षण गर्ने कार्य गर्नेछ ।

यी दुई सम्पदालाई जोड्ने पदमार्गमा अवस्थित मूर्त एवं अमूर्त सम्पदा तथा सांस्कृतिक परम्पराहरूको अभिलेखीकरण, प्रवद्र्धन र संग्रह गरिने छ । यसका लागि आर्ट ग्यालरी, पुस्तकालय र पर्यटन सूचना केन्द्र स्थापना गरिने छ ।

पदमार्गको रुट

हनुमानढोका—काष्ठमण्डप—मरु गणेश—मरु हिटी—सन्तानेश्वर महादेव—मरुबही—मिच्याः गल्ली—बन्जाः हिटी— साः (तेल मिल)— चस्वांद्वँ—दमाइ टोल—सुन्ता गल्ली—पाछै गल्ली—नरदेवी द्यःछेँ—आयुर्वेदिक अस्पताल—सामुदायिक (लोकेश्वर) गल्ली—बुरांखेल—म्येछ्यों हिटी—तप्यँताँ—रञ्जित मल्ल सतः घाट—भेलु महादेव—डल्लु चौतारा—निपु हिटी (भीमसेन मन्दिर)—धिमे ल्वहं—चारा हिटी— भुइखेल हुँदै स्वयम्भू ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment