Comments Add Comment

नेपाल आयो तेस्रो पुस्ताको ‘सुजुकी वागन आर’

३ बैशाख, काठमाडौं । सुजुकी फोर ह्वीलरको नेपालका लागि आधिकारिक वितरक सिजि मोटोकर्प तथा अटोमेटिभ डिभिजन अफ सिजि होल्डिङ्गस्द्वारा तेस्रो पुस्ताको वागन आर बजारमा ल्याएको छ ।

नयाँ ठूलो वागन आरको बोल्ड डिजाइनले ग्राहकलाई सहजै प्रभावित गर्ने छ । सुधारिएको स्पेस, कम्फोर्ट, नयाँ जमानाको इन्फोटेनमेन्ट सिस्टम तथा अत्याधुनिक के सिरिज इन्जिनले इन्धन किफायत गर्नुको साथै गाडि चलाउँदा छुट्टै जीवन्त अनुभवन प्रदान गर्ने छ ।

५ औं पुस्ताको हर्टेक्ट प्लाटफर्ममा निर्माण गरिएको नयाँ वागन आरले प्रभावकारी सुरक्षा प्रदान गर्दछ ।  यो प्लाटफर्मले सुरक्षाको सुनिश्चितता प्रदान गर्दछ, यसमा ४० प्रतिशत उच्च टेन्सिल स्टिलको प्रयोग भएको हुँदा यो आफैमा बलियो, सुरक्षित (आवाज, थर्कावट र हार्सनेश कम) बन्न पुगेको छ ।

उच्च कार्यप्रदर्शनको लागि यसमा १.० एल तथा नयाँ ठूलो वागन आरमा शक्तिशाली १.२ एल को इन्जिन रहेको छ । यसले २१.५ किलोमिटर प्रति लिटर तथा २२.५ कि.मि प्रति लिटर यात्रा गर्न सकिन्छ ।

‘हाम्रो अत्याधुनिक प्रिफर्ड मोडेलको वागनआर गाडी आकर्षक डिजाइन प्रस्तुत गर्न सफल भएका छौं । नयाँ वागनआरमा बलियो, आकर्षक, वस्नको लागि धेरै ठाउँ, स्मार्टप्ले स्टुडियो र प्लाटफर्म जस्ता विशेषताहरुले गर्दा यो नेपाली परिवारको लागि विशेष छनौटका रुपमा रहने छ’, नयाँ वागन आरको प्रदर्शन समारोहमा सिजि मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने ।

सुजुकीले नयाँ ठूलो वागनआर विकास गर्न करिव ६७० करोड लगानी गरेको छ । यसमा उच्च मात्रामा टेन्साइल स्टिल प्रयोग गरिएको छ । जसले पूर्ण सुरक्षित बनाउने कम्पनीको दाबी छ ।

सेफ्टी फिचरमा डुअल एयरब्याग, एन्टिलक ब्रेकिंग सिस्टम, इलेक्ट्रोनिक ब्रेक फोर्स डिष्ट्रिब्युसन, अगाडि सिट बेल्ट रिमाइन्डर, स्पिर्ड अलर्ट सिस्टम र रियर पार्किंग सेन्सरजस्ता सुविधा छन् ।

नेपालमा १.० भीएक्सआईको मूल्य २४ लाख ९९ हजार, १.२ भीएक्सआई(०)को २६ लाख ९९ हजार र १.२ जेटएक्सआई (०)को मूल्य २७ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment