
३ वैशाख, विराटनगर । प्रदेश १ का प्रतिपक्ष दलका सांसदहरुले प्रतिपक्षलाई बाहिस्कार गरेर सरकार एकलौटी रुपमा अगाडि बढेको भन्दै आलोचना गरेका छन् ।
मंगलबारको बैठकमा कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले शिक्षा क्षेत्रमा धेरै बेथिती रहेको भन्दै प्रधानमन्त्रीको समृद्ध नेपाल सुखी नेपालीको अभियान कसरी पूरा हुन्छ भन्दै प्रश्न गरे ।
कांग्रेसका सचेतक सूयर्माराज राईले आफ्नो क्षेत्रका सुकुम्बासी देशको अन्य क्षेत्रको भन्दा फरक रहेकोले अलग्गै आयोग बनाएर समाधान खोज्नुपर्ने बताए । उनले ढुङ्गा गिटीको जस्तो सुकुम्बासी समस्यामा मौनता नसाधन प्रदेश सरकारलाई आग्रह गरे ।
सांसद लिला सुब्बाले प्रदेश १ सरकारले बजेट विनियोजनामा सत्ता पक्ष र प्रतिपक्षलाई विभेद गरेको अरोप लागाइन् । सत्ता पक्षकाले आफुखशी योजना र कार्यक्रम लैजानु संघीताको मर्म विपरीत भएको आरोप लागाइन् । प्रदेश सरकारले झापा, मोरङ र सुनसरीलाई मात्र बजेट बढी दिएको उनले जिकिर गरिन् ।
प्रदेश सुशासन व्यवस्था ऐन सर्वसम्मतले पारित
प्रदेश सभा बैठकले प्रदेश सुसासनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ । त्यसैगरी विधायन समितिमा दफावार छलफल भएको प्रदेशसभा सचिवालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेद संसदमा प्रस्तुत गरिएको छ ।
मंगलबारको संसद बैठकमा प्रदेशको आर्थिक कार्यविधिको पहिलो संशोधन विधेयक छलफलका लागि आर्थिक मामिला तथा योजना मन्त्रि इन्द्र आङबोले प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया 4