Comments Add Comment

सर्वोच्चको आदेशपछि छुटे सुधीर बस्नेत

२ वैशाख, काठमाडौं । करोडौं रुपैयाँ ठगी गरेको आरोप लागेका व्यवसायी सुधीर बस्नेत छुटेका छन् । आरेन्टल सहकारीका अध्यक्ष बस्नेतलाई सर्वोच्च अदालतले छाड्ने आदेश दिएको हो ।

अदालतका प्रधानन्याधिश चोलेन्द्र शमशेर जबरा र न्यायधीश डम्बरबहादुर शाहीको संयुक्त इजलासले उनलाई छाड्ने आदेश दिएको जनाइएको छ । उनीलाई प्रहरीले २० चैतमा काठमाडौंको भीमसेनगोलाबाट पक्राउ गरेको थियो ।

उनी पक्राउ परेलगत्तै अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको थियो । यसअघि पनि जेल बसेर छुटेका उनको सहकारीर्लाइ सरकारले समस्याग्रस्त घोषणा गरेको थियो ।

उनीमाथि सहकारी ऐन, २०७४ अनुसार अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment