+
+
Shares

किन एकाएक भाइरल भयो सलमान र ऐश्वर्याको पुरानो तस्वीर ?

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ३ गते ९:००

नायक सलमान खान र नायिका ऐश्वर्या राय कुनै समय प्रेममा थिए । तर, अहिले उनीहरु आफ्नो जिन्दगी बाचिरहेका छन् । नायिका ऐश्वर्या राय नायक अभिषेक बच्चनसँगको वैवाहिक जीवनमा मस्त छिन् ।

तर, पनि सलमान र ऐश्वर्याको प्रेम चर्चा भने मिडियामा बेला बेलामा आइनै रहन्छ । अहिले सामाजिक संजालमा एउटा तस्वीर निकै भाइरल भैरहेको छ । भाइरल भैरहेको तस्वीरमा सलमान र ऐश्वर्या एकसाथ बसेका छन् । सलमानसँगै बसेकी ऐश्वर्याको हातमा चियाको कप छ ।

यो तस्वीर भाइरल भएपछि केही फ्यान ऐश्वर्याको पक्षमा पनि देखिएका छन् । उनीहरुले ऐश्वर्याको बिहे भैसकेकाले पनि अब यस्ता तस्वीर भाइरल गराउनु हुँदैन भन्ने जवाफ दिएका छन् ।

नायक सलमान खान नयाँ चलचित्र ‘भारत’को रिलिज तयारीमा छन् भने ऐश्वर्या नयाँ चलचित्र ‘गुलाब जामुन’को तयारीमा छिन् । ब्रेकअप भएपछि यी दुइले एकसाथ चलचित्र भने खेलेका छैनन् । ‘हम दिल दे चुके सनम’ चलचित्रले यी दुइलाई हिट बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?