Comments Add Comment

मेलबर्नको नाइट क्लबमा गोली चल्दा १ को मृत्यु

मेलबर्न । अष्ट्रेलियाको मेलबर्न शहरको एक नाइट क्लबमा गोली प्रहार हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । घाइतेहरुको उपचार जारी छ ।

घटना शनिबार रातिको हो । सामान्य वादविवाद भएपछि दुई पक्षबीच झडप सुरु भएको थियो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको उमेर २९ देखि ५० वर्षसम्मको छ । प्रहरीले गोली चलेको यो घटना आतंकवादसँग सम्बन्धित नरहेको स्पष्ट पारेको छ ।

प्रहरीका अनुसार नाइट क्लबको बाहिर केही व्यक्तिहरुले गोली चलाएका थिए । त्यतिबेला चार जना घाइते भएका भनिएको थियो र पछि एक जनाको मृत्यु भयो ।

अष्ट्रेलियामा गोली हानेर मानिस मारिने घटना कमै हुन्छ । किनभने यहाँ हतियारसँग सम्बन्धित कानुन कडा छ ।

सन् १९९६ मा पोर्ट आर्थरमा सामुहिक गोलीकाण्डको एक ठूलो घटना भएको थियो । जसमा ३५ जना मारिएका थिए । गत वर्ष पश्चिम अष्ट्रेलियामा एकै परिवारका सात जनाको हत्या र आत्महत्याबाट ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment