Comments Add Comment

नख्खु विष्फोटमा संलग्न विप्लव समूहका एक नेता पक्राउ

३ वैशाख, काठमाडौं । श्रृंखलाबद्ध बम विष्फोटको घटनामा संलग्न भएको आरोपमा प्रहरीले विप्लव समूहका एक नेतालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विप्लव समूहको मध्यमाञ्चल टाक्स फोर्सका सदस्य वीरबहादुर कठायतउर्फ रणवीर छन् ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले उनलाई पक्राउ गरेको हो ।

महाशाखाका एक अधिकारीका अनुसार उनी नख्खुस्थित एनसेल प्रा.लि.को कार्यालय अगाडि भएको विष्फोट, कमलपोखरीमा राखेको प्रेसर कुकर बम र वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा भएको विष्फोटमा संलग्न थिए ।

उनीमाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

जुम्ला सेक्रेटरी पनि पक्राउ

कठायतलाई पक्राउ गर्न गएको टोलीले उनीसँगै रहेका जुम्ला जिल्ला सक्रेटरीलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रबहादुर तिरुवा छन् ।

उनको साथबाट केही पर्चा, चन्दा संकलन गरेको रसिद र कटुवा पेस्तोलको ३ थान गोली बरामद भएको जनाइएको छ ।

उनीविरुद्ध हातहतियार तथा खरखजना मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment