+
+
Shares

पत्रकार श्रेष्ठको निधन

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ४ गते १२:४१

४ वैशाख, काठमाडौं । नेपाल समाचारपत्र दैनिकका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ । थापाथलीमा रहेको नर्भिक हस्पिटलमा उपचारका क्रममा बुधबार बिहान ११ श्रेष्ठको निधन भएको हो ।

उनी करिब ५ महिनाअघि नाकमा समस्या देखिएपछि बयोधा हस्पिटलमा उपचारका लागि भर्ना भएका थिए । उनलाई मृगौला सम्बन्धी समस्या देखिएपछि शल्यक्रिया समेत गरिएको थियो ।

पछिल्लो समय चिकित्सकले उनमा जीबीएस भाइरसको संक्रमण भएको आशंका गरिएको थियो । श्रेष्ठको पार्थिव शरीरको अन्त्येष्टी दिउँसो ३ बजे पशुपति आर्यघाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?