Comments Add Comment

‘एलआईसी नेपालको धन वृष्टि योजना लोकप्रिय हुँदै’

४ चैत, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ले हालै सार्वजनिक गरेको धन वृष्टि योजनाको बिक्री रेकर्ड कायम गरेको जनाएको छ ।  कम्पनीले यो योजना बिक्री शुरु गरेको पहिलो दिनमा ५१२२ वटा धन वृष्टि बीमालेखहरु विक्री गरी रु.८.५ करोड प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको उल्लेख गरेको छ ।

कम्पनीले पहिलो दिनमा कमसेकम देशभरीका शाखा कार्यालयबाट ५००० पोलिसीहरु विक्री गर्ने लक्ष्य राखेको थियो । यस कम्पनीले देश भरीका ७४६ अभिकर्ताहरुले धन वृष्टि बीमालेख पहिलो दिनमा विक्री गरेका थिए ।

यस बीमा योजनालाई सम्मानित बीमा समितिका अध्यक्ष चिरंजीवी चापागांईले चैत्र २९ गते सार्वजनिक अनावरण गरेका थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपी दासले यो पोलिसी खरीद गर्ने सम्पूर्ण पोलिसीहोल्डरहरु, अभिकर्ताहरु र कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरे ।

दासले आउने दिनहरुमा त्यस्तै लोकप्रिय अरु बीमालेखहरु चाडैं बजारमा ल्याउने प्रतिबद्धता जनाए । यो ऐतिहासिक सफलता प्राप्त गरेकोमा कम्पनीले आफ्नो कर्पोरेट कार्यालयमा केक काटेर हर्षोल्लासका साथ कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले नेपाली बजारमा धन वृष्टि योजना अत्यन्त लोकप्रिय भएको र आउने दिनहरुमा यो योजनाको विक्री बढ्ने विश्वास व्यक्त गरे ।

यो धन वृष्टि योजना एक धन फिर्ता योजना हो । १३ देखि ६० बर्षसम्म उमेरका व्यक्तिहरुले बीमा लिन सक्नेछन् । न्यूनतम बीमाड्ढ रकम रु.१ लाख कायम गरिएको छ । यो योजना १० र १५ वर्ष अवधिको लागि उपलब्ध छन् ।

१० वर्षे योजनामा ३ र ६ वर्षमा बीमाड्ढको ३३/३३ प्रतिशत र १० वर्षमा बीमाड्ढको ३४ प्रतिशतका साथमा बोनस रकम एकमुष्ट प्राप्त हुन्छ ।

त्यस्तै १५ वर्षे योजनामा ३ , ६ , ९, १२ वर्षमा बीमाड्ढको १५/१५ प्रतिशतका दरले रकम फिर्ता हुने र १५ वर्षमा ४० प्रतिशतका साथमा बोनस रकम एकमुष्ट प्राप्त हुन्छ ।

यो योजनामा अधिकतम् रु.७५ लाखसम्मको दुर्धटना लाभ र स्थायी असक्तता लाभ समेत उपलब्ध छन् । साथै दई वर्षको बीमा शुल्क भुक्तानीपश्चात् बिमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधासमेत लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment