Comments Add Comment

पहिलोपटक अन्तरिक्षमा पठाइयो नेपालको मिनी स्याटलाइट

५ वैशाख, काठमाडौं । नेपालको आफ्नै स्याटलाइट अर्थात् भू-उपग्रह पहिलो पटक अन्तरिक्षमा पठाइएको छ । अमेरिकाको भर्जिनियास्थित प्रक्षेपण केन्द्रबाट बिहीबार बिहान २:३१ बजे नेपालको भूउपग्रह अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो ।

यो भूउप्रगहलाई ‘नेपालीस्याट-१’ नाम दिइएको छ । यसको तौल झण्डै एक किलो छ । नेपाली भू-उपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तरिक्षमा पठाइएको छ ।

यो पनि पढ्नुहोस प्रधानमन्त्री ओलीले भने- नेपाल अन्तरिक्ष युगमा प्रवेश

यो भू-उपग्रह केही समयसम्म अन्तरिक्षको बाहिरी भागमा रहने छ र त्यसपछि अन्तरिक्षमा घुम्न सुरु गर्ने छ ।

यसबाट नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्बिर र सूचनाहरू प्राप्त गर्न सक्ने छ । यो नेपाली भू-उपग्रह निर्माणमा जापानस्थित नेपाली वैज्ञानिक आभाष मास्के लगायत संलग्न थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment