
चैत्र २९ गतेबाट रिलिज भएको चलचित्र ‘यात्रा’को प्रेमगीत सार्वजनिक भएको छ । सार्वजनिक भएको ‘फ्लाइङ्ग’ बोलको गीतमा नायक सलिनमान बनियाँ र नायिका मलिका महत्तलाई रोमान्टिक अवतारमा देखाइएको छ । प्रविण सिंहको कोरियोग्राफी रहेको यो भिडियोलाई पोखरामा खिचिएको छ ।
गीतमा सुगम पोखरेल र मेलिना राइको स्वर, प्रतिक पौडेलको शब्द तथा संगीत छ । निर्देशक सम्राट शाक्यका अनुसार योजना अनुसार नै चलचित्र रिलिज भएपछि यो गीत सार्वजनिक गरिएको हो ।
यो गीतमा नायिका मलिका महत्तलाई रोमान्टिक अवतारमा देखाइएको छ । तर, चलचित्र भित्र उनी आँखा देख्न नसक्ने यूवतीको भूमिकामा छिन् । यसैले पनि कथा खुल्ने भएकाले निर्माण टिमले चलचित्र रिलिज भएको एकसाता पछि यो गीत सार्वजनिक गरेको हो ।
केशव भट्टराइको प्रस्तुतिमा तयार भएको चलचित्रमा सुशिल पोखरेलको लगानी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4