Comments Add Comment

चार वटा आयोजनालाई बन क्षेत्र प्रयोग गर्न दिने सरकारको निर्णय

Photo Credit : फाइल फाेटाे

५ बैशाख, काठमाडौं । सरकारले विद्युत र उद्योगसम्बन्धी पाँच वटा आयोजनालाई राष्ट्रिय बन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।  बैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले तीन वटा विद्युत र दुई वटा सिमेन्ट उद्योग सम्बन्धी आयोजनालाई बन क्षेत्र उपभोग गर्न दिने निर्णय गरेको हो ।

बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले बझाङको बुंगल नगरपालिकामा निर्माणाधीन १५ दशमलब ३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत् आयोजना र ३८ दशमलव ४६० मेगावाट क्षमताको माथिल्लो कालंगाड जलविद्युत आयोजनालाई राष्ट्रिय बन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको जानकारी दिए ।

यस्तै सरकारले गोरखाको चुमनुब्री गाउँपालिकामा निर्माणाधीन ४ दशमलब ९८ मेगावाट क्षमताको रिचेत खोला साना जलविद्युत आयोजनालाई पनि बन क्षेत्र उपभोग गर्न दिने निर्णय गरेको छ ।

सरकारले सिन्धुलीको चुनढुंगा खानी उत्खनन् गर्न मारुती सिमेन्ट लिमिटेड र सत्य साई कोल उद्योग प्रालिलाई बन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको मन्त्री बास्कोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment